बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठद्वारा पदबहाली
थानकोट ।
बागमती प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले शुक्रबार पदबहाली गरेका छन्।
पदबहालीसँगै मन्त्री श्रेष्ठले पहिलो निर्णय गरेका छन् । जसमा पछिल्लो समयमुलुकमा देखिएको सहकारी क्षेत्रको संकटका कारण श्रृजित अवस्थालाई ध्यानमा राख्दै बागमती प्रदेश क्षेत्राधिकार भित्रका सहकारी संघ संस्थाहरुको पछिल्लो अवस्था अध्ययन गरि प्रतिवेदन पेश गर्ने गरि एक अध्ययन कार्यदल गठन गर्ने रहेको छ ।
यस्तै, गरिब परिवारहरुको पहिचान गरि जीवनस्तर उकास्न र आत्मनिर्भर बनाउनका निम्ति विशेष कार्ययोजना बनाइ योजना तर्जुमा गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएको बताइएको छ ।