नेपाल विद्यालय खेलकुद महासंघ काठमाडौं जिल्ला संघको अध्यक्षमा सुरिना गुरुङ
थानकोट ।
विद्यालय स्तरमा हुने खेलकुदका गतिविधिहरूलाई थप व्यवस्थित गर्न नेपाल विद्यालय खेलकुद महासंघ काठमाडौं जिल्ला कमिटी गठन भएको छ ।
ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा सम्पन्न भएको भेलाले सुरिना गुरुङको अध्यक्षता १३ सदस्यीय कमिटी गठन गरेको महासंघका सदस्य सुदर्शन जमकटेलले जानकारी दिए ।
उक्त कार्यक्रममा ग्यालेक्सी स्कुलकी संस्थापक गीता राणा, प्याब्सन केन्द्रीय महासचिव आरबि कटुवाल, काठमाडौं जिल्ला खेलकुद विकास समिति अध्यक्ष भाईकृष्ण बलामी, नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष एवं नैकापस्थित ब्राइटफ्यूचर माविका अध्यक्ष मोहनकुमार कार्की लगायतका शिक्षा एवं खेलकुदप्रेमीहरुको उपस्थिति रहेको थियो ।