नायव सुब्बाले किरिया खर्चको रकममा २० हजार रुपैयाँ घुस लिएपछि…

Thankot Times

थानकोट । 

जिल्ला प्रशासन कार्यालय महोत्तरीका  नायव सुब्बा अशोक कुमार यादवले किरिया खर्चको रकमबाट घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

अख्तियारका अनुसार यादवले सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार (पीडित पक्ष)ले पाउनु पर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकम लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीमा जाँदा सेवाग्राहीसँग घुस माग गरेका हुन् ।

पीडित पक्षबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित यादवलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *