दरबारमार्गको कार्यक्रममा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना
थानकोट ।
शुक्रबार काठमाडाैंको दरबार मार्गमा जागरण सभा आयोजना गरेको सत्तारुढ दल नेकपा एमालेलाई काठमाडाैं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तिराउने भएको छ ।
कार्यक्रममा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना तिराउने गरि पत्र काटेको हो ।
काठमाडौं महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाको हस्ताक्षरमा एमाले पार्टी कार्यालयका नाममा प्रेषित पत्रमा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००/०० अक्षरुपी एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’
यस्तो छ काठमाडाैं महागरले काटेको पत्रः