श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपाली सिफारिस
थानकोट ।
सरकारले श्रीलंकाका लागि नेपाली राजदूतमा पूर्णबहादुर नेपालीलाई सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कपिलवस्तुका नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गरेको हो ।
यसैगरी, बैठकले वैकुण्ठ अर्यालको राजीनामा स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।
राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको जिम्मेवारी तोकिएका अर्यालले गत आइतबार राजीनामा दिएका थिए ।
उनलाई भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएको थियो ।
सफाइ पाएपछि पहिलोपटक गत आइतबार उनी योजना आयोगमा हाजिर भएका थिए ।