काठमाडौं प्लाजामा साँझ ५ः३० बजेबाट सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले आज शुक्रबारदेखि साँझ साढे ५ देखि राति ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि  निःशुल्क उपलब्ध गराउने भएको छ । 

प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्नुहुन्छ, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङका लागि  सहज हुनेछ ।’ काफ्लेका अनुसार दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार पार्किङ व्यवस्थापन महानगर प्रहरी बलले गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *