सडकछेउ फोहोर फाल्ने होटेललाई काठमाडाैं महानरले तिरायो ५० हजार जरिवाना
थानकोट ।
काठमाडौँ महानगरपालिकाले सुकेधारास्थित होटेल मेक्योरलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगरपालिकाले ४ नम्बर वडामा रहेको होटेल मेक्योरले बाटोमा फोहोर फालेको भन्दै जरिबाना गरेको हो ।
होटेलको फोहोर सडक छेउमा फालेपछि जरिबाना गरेको नगर प्रहरीले जनाएको छ ।
अबदेखि यस्तो गलत काम नगर्न चेतावनी समेत दिइएको छ।