गृहमन्त्री भन्छन्- विकासमा राजनीति गरिनु हुँदैन

Thankot Times

थानकोट ।

गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन्।

बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन्। ‘चुनाव लड्दा हामी आफ्नो पार्टीको झण्डा लिएर जान्छौं,’ उनले भने, ‘चुनाव तिजतिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडी बढ्नुपर्छ।’

उनले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताएका छन्। ‘लोकतन्त्र जनताका अधिकारको सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो,’ उनले भने, ‘अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ। यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ। त्यसका लागि पनि स्थानीय सरकारको  भूमिका महत्त्वपूर्ण छ।’ उनले स्थानीय सरकारले  सहजढंगले जनतालाई सेवा प्रदान गर्नुपर्ने बताए। 

‘हाँसेर बोली दिनुस्, आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ,’ गृहमन्त्री लेखकले भने, ‘सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथि राखेर काम गर्नुपर्छ।’

उनले देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रुपले लागि परेको बताए। ‘एमाले र कांग्रेस मिलेर सरकार बनेको छ,’ उनले भने, ‘सरकार देशमा स्थिरताका र सुशासन कायम राख्न बनेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *