कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवारलाई भोट हाल्न माधवकुमार नेपालको निर्देशन

Thankot Times

थानकोट ।

नेकपा (एकीकृत समाजवादी) ले पार्टीका तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका भानु रिजालको उम्मेदवारी निष्क्रिय बनाएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका उम्मेदवार रिजालको उम्मेदवारी निष्क्रिय भएकाले मेयर पदमा माओवादी केन्द्रका प्रा. डा. शिवशरण महर्जनलाई र कीर्तिपुर वडा नम्बर ४ मा रिता खड्कालाई विजय गराउन आह्नवान गरेका छन् । 

खड्का एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेकी हुन् । 

एकीकृत समाजवादीले माओवादीका महर्जनलाई सघाउने यसअघि नै निर्णय गरेको थियो । तर उम्मेदवारी फिर्ता नलिएर निष्क्रिय  गराएको छ ।

स्थानीय तहको उपनिर्वाचनः कीर्तिपुर नगरको मेयर पदमा २० जनाको उम्मेदवारी कायम


Leave a Reply

Your email address will not be published. Required fields are marked *