नेकपा एमालेले काठमाडाैंमा मंसिर ७ गते आयोजना गर्ने जागरण सभाको स्थान परिवर्तन
थानकोट ।
नेकपा एमालेले मंसिर ७ गते शुक्रबार काठमाडौंमा गर्ने भनेको जागरण सभाको पूर्वनिर्धारित सभास्थल परिवर्तन गरेको छ।
यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको जागरण सभा दरबारमार्गमा आयोजना हुने जागरण सभा संयोजन समितिका संयोजक डा.राजन भट्टराईले बताए।
एमालेले जुलुसको रुट पनि सार्वजनिक गरेको छ।
संयोजक भट्टराईले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै र्याली भद्रकालीबाट सुरु हुने जनाए।
उनका अनुसार भद्रकालीबाट सुरु भएको र्याली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ।
नेकपा एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा मंसिर ७ गते राजधानीमा जागरण सभा गर्न लागिएको हो।