प्रधानमन्त्री ओलीका बारेमा अफवाह फैलाएको भन्दै ९ वटा युट्युब च्यानल कारबाहीमा (सूचीसहित)

Thankot Times

थानकोट ।

 प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरेको दाबीसहित विभिन्न ९ वटा युट्युब च्यानललाई कारबाही गरेको छ ।

काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले मंगलबार एक विज्ञप्तिमार्फत दर्ता र सूचीकरण बिना चलेका, मिडियासँग आबद्ध नभएका तीन सञ्जाललाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको र मिडियाअन्तर्गत आबद्ध भएका अन्य च्यानललाई अप्रमाणित र एकपक्षीय सामग्री तत्काल हटाउन वा स्थगन गर्न निर्देशन दिइएको जानकारी दिएका छन् । 

काउन्सिलले पछिल्लो समय कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको अनुगमन गरिरहेको जनाएको छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज, अफवाहपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकताका साथ स्थान दिएर प्रसारण भएकोप्रति काउन्सिलको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ती हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *