बागमती प्रदेशमा आज वर्षाको सम्भावना
थानकोट ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज अहिले बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।
तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागले राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने बताएको छ ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।