इतिहासका कुराः … त्यसपछि सो भञ्ज्याङ क्षेत्रलाई नागढुङ्गा भन्न थालियो
थानकोट ।
काठमाडाैं जिल्लाको पश्चिम दिशामा रहेर धादिङ र मकवानपुर जिल्लासित सिमाना जोडिएको बाडभञ्ज्याङको भञ्ज्याङलाई नागढुङ्गा भनिन्छ ।
तत्कालीन एउटा वास्तविक घटनाबाट नागढुङ्गा नाम रहेको भनाइ पाइन्छ।
राजधानीसँग सडक सम्पर्क गराउने पहिलो राजमार्ग काठमाडौं-हेटौंडा जोड्ने त्रिभुवन राजपथ (राजमार्ग) को निर्माण वि.सं. २०१० मंसिर २४ गतेबाट भएको थियो ।
राजमार्ग निर्माणको सिलसिलामा त्यस भञ्ज्याङमा रहेको एउटा विशाल ढुङ्गा फुटाउँदा त्यसको चेपबाट एकजोडा नाग (सर्प) निस्किएको थियो । त्यसबेलादेखि यस ठाउँलाई नागढुङ्गा भन्ने चलन चलेको शिक्षक बसन्तकुमार सिग्देलद्धारा लिखित बाडभञ्ज्याङः एक चिनारीमा लेखमा उल्लेख छ ।
यो पनि पढ्नुहोसः
बाइरोड निर्माणको ७० वर्ष, थानकोट चेकपोष्टमा गाडिएको शिलालेखमा के छ ? (भिडियोसहित)
कसरी रह्यो ढुङ्गाअड्डाको नाम ? धेरैलाई यो बारेमा पत्तो नै छैन
नैकाप (सिँर) को नाम कसरी जुर्यो होला ? यो लेख पढेपछि भन्नुहुनेछ मलाई यो चाँहि तथ्य ठीक लाग्यो
थंक्वाठ/थानकोट गोदाम (चाैर) को नाम कसरी जुर्यो होला ? (दुर्लभ भिडिओसहित)