नेपाल प्रिमियर लिगः क्यानले स्टार स्पोर्ट्ससँग राष्ट्रिय हित विपरीत सम्झौता गरेको भन्दै साझा विज्ञप्ति
थानकोट ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्सलाई ठूलो रकम तिरेर गरिएको सम्झौता विवादित बनेको छ ।
सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाहरुले साझा विज्ञप्ति जारी गर्दै उक्त सम्झौताप्रति आपत्ति जनाएका छन् ।
नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले मंगलबार विज्ञप्ति जारी गर्दै क्यानको यो कदम राष्ट्रिय हित विपरित तथा अवैधानिक रहेको दावी गरेका हुन् । एनपीएल आयोजना हुनु सुखद भएको र यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा बताइएको छ । तर, यो प्रतियोगिताले नेपाल र नेपालीको हित एवं अधिकारको अवमूल्यन हुनु नहुनेमा विज्ञप्तिमा जोड दिइएको छ ।
बिना प्रतिस्पर्धा स्टार स्पोर्ट्स छनोट गरिनु गैरकानूनी भएको आरोप लगाइएको छ ।
विज्ञप्ति हेराैं