सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँ बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

अघिल्लो कारोबार दिन सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।

आज मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजारमा कारोबार भएको थियो ।

आज मंगलबार चाँदीको मूल्य पनि प्रति तोलामा ३५ रुपैयाँले बढेको छ ।

आज चाँदी प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *