दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न ताजिकिस्तान पुगेको नेपाली टोली स्वदेश फिर्ता

Thankot Times

थानकोट ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका निम्ति ताजिकिस्तान पुगेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ ।

नेपाली टिम सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो ।

विमानस्थलमा नेपाली टिमलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, प्रवक्ता सुरेश शाह, प्रतियोगिताका निर्देशक सञ्जीव मिश्रलगायत अधिकारीले स्वागत गरेका थिए ।

ताजिकिस्तानमा नेपालले पहिलो खेल घरेलु टिमसँग खेलेको थियो । उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अफगानिस्तानविरुद्ध २–० को जित निकालेको थियो । नेपाली टिमले अन्तर्राष्ट्रिय फुटबलमा १३ महिनापछि यो जित निकालेको हो ।

यी दुई मैत्रीपूर्ण खेलमा नेपाली टिमको मुख्य प्रशिक्षण नवीन न्यौपानेले सम्हालेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *