पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

Thankot Times

थानकोट ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।

ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । त्यसअघि सानो गौचरणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।

वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए ।

उनी सरकार-माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *