रास्वपाले कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने, जिल्ला सभापति विष्टले जारी गरे विज्ञप्ती

Thankot Times

थानकोट ।

आसन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुर नगरमा उम्मेदवारी दर्ता नगराइएको जनाएको छ।

निर्वाचन आयोगले निर्धारण गरेको चुनावी कार्यक्रम अनुसार हिजो आइतबार उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम थियो । यसअघि कीर्तिपुर नगरमा पार्टीबाट उम्मेदवार खडा गर्ने चर्चा चलेपनि अन्तिम समयमा रास्वपा ‘ब्याक’ भएको हो ।

सो पार्टीका जिल्ला सभापति प्रदीप विष्टले आइतबार राति सामाजिक सञ्जालमा एक विज्ञप्ती जारी गर्दै कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारको समर्थनका लागि रास्वपाले उम्मेदवारी दर्ता नगराएको बताएका छन् ।

यस्तो छ रास्वपा काठमाडाैं जिल्ला सभापति प्रदिप विष्टले जारी गरेको विज्ञप्ती

आदरणीय कीर्तिपुर नगरबासी आमाबुवा, दाजुभाई , दिदिबहिनी तथा शुभचिन्तक मित्रहरु नमस्कार , १६ मङ्सिर २०८१ मा हुन गइरहेको उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टिको तर्फबाट उम्मेदवारी नदिएकोमा यहाँहरु घण्टी चिन्हमा भोट हाल्नबाट वञ्जिच हुनुभएको छ । यसमा हामी क्षमा चाहन्छौ ।

वास्तवमा रास्वपाको जन्म यो देशमा भएको भ्रष्टाचार र बेथिति अन्त्य गर्नुपर्छ भन्ने पहिलो मुद्दा भएको हुँदा रास्वपाको सदस्य उम्मेदवार भएर मात्रै बेथिती, भ्रष्टाचार अन्त्य हुन्छ हामि भन्दैनौ । यो ऐतिहासिक नगरी कीर्तिपुरमा धेरै भन्दा धेरै स्वतन्त्र नागरिक, अभियानकर्ता र थाहा नदिएरै सामाजिक कार्य गरिरहनु भएको व्यक्तित्व पनि छन्। त्यसैले हामी स्थानीय निकायमा हाल केही नगरमा स्वतन्त्र व्यक्तिले नेतृत्व गरिरहेको सफल कार्यको खुलेरै प्रशंसा गर्दछौ । कीर्तिपुरको विकास संमृद्धीमा योगदान गर्नसक्ने स्वतन्त्र व्यक्तिलाई छान्नुपर्छ र मतदान गर्नुपर्छ भन्नेमा हामी (रास्वपा) कीर्तिपुर परिवार, जिल्ला र सिङ्गो पार्टी अध्ययन गरिरहेको सम्पुर्णमा ध्यानाकर्षण गराउँदछु ।

नोट: स्थानीय निकाय निर्वाचन स्वतन्त्रै हुँदा राम्रो। ।

कीर्तिपुरमा दर र स्वतन्त्र गरी २० जनाले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

स्थानीय तहको उपनिर्वाचनः कीर्तिपुरमा मेयर पदका लागि उम्मेदवारी दिनेहरूको नामावली

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *