उपप्रधान एवं शहरी विकास मन्त्री सिंह आज चन्द्रागिरि आउँदै, चन्दन भराटेश्वरमा शिलान्यासको कार्यक्रम

Thankot Times

थानकोट ।

उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज चन्द्रागिरि नगरपालिकामा आयोजना हुने एक कार्यक्रममा सहभागिता जनाउने भएका छन्।

नेपाल सरकार, चन्द्रागिरि नगरपालिका र भारत सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका-०६ स्थित चन्दन भराटेश्वर महादेव मन्दिर क्षेत्रमा निर्णाम हुने भाैतिक पूर्वाधारहरूको शिलान्यासका लागि उपप्रधानमन्त्री सिंह चन्द्रागिरि आउन लागेका हुन् ।

बिहान ९ बजे उनी चन्द्रागिरि आउने कार्यक्रम तय भएको बताइएको छ ।

यसैबीच चन्द्रागिरि नगरपालिका वडा नं. ६ को कार्यालयले उपप्रधानमन्त्रीको उपस्थितिमा हुने शिलान्यास कार्यक्रममा उपस्थितिका लागि सबैमा अनुरोध गरेको छ ।

‘नेपाल भारत सहयोगबाट पूर्वाधार निर्माण कार्यको लागि माननीय उपप्रधान तथा शहरी विकास मन्त्री श्री प्रकाश मान सिंह ज्यूको प्रमुख आतिथ्यतामा हुन गइरहेको शिलान्यास कार्यक्रम समारोहमा यस वडाका समाजसेवी, बुद्धिजिवी, भद्रभलादमी तथा सम्पुर्ण सरोकारवालाहरुलाई सहभागी भइदिनु हुन यसै सुचनाद्वारा जानकारी गराईन्छ’  सो वडाका कार्यवाहक वडाध्यक्ष विवेक ढकालद्धारा जारी सूचनामा उल्लेख छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *