पूर्वसभामुख दमननाथ ढुंगनाको निधन
थानकोट ।
पूर्वसभामुख तथा नागरिक अभियन्ता दमननाथ ढुंगानाको निधन भएको छ ।
फ्रन्टलाइन अस्पताल काठमाडौंमा उपचारको क्रममा उनको आज दिउँसो निधन भएको जनाइएको छ ।
कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगाना केही समय देखी उपचाररत थिए ।
ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।
०४६ सालको जनआन्दोलन पछि प्रतिनिधिसभाको पहिलो निर्वाचित सभामुखको जिम्मेवारीमा थिए । उनी वरिष्ठ अधिक्तासमेत थिए ।
उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।