खम्बा र तारको जालो मुक्त न्युरोड

Thankot Times

थानकोट ।

नेपाल विद्युत् प्राधिकरणले भूमिगत तारबाट विद्युत् वितरण थालेसँगै सडकछेउमा भएका पोल र तार हटाएपछि काठमाडाैंको न्युरोड क्षेत्र आकर्षक देखिन थालेको छ ।

योजनाभित्र परेकामध्ये उपत्यकाका अधिकांश ठाउँमा तार भूमिगत गर्ने काम सकिएको र पोल तथा तार हटाउने काम न्युरोडबाट सुरु गरिएको नेपाल प्राधिकरणका प्रवक्ता चन्द्रकुमार घोसले बताए ।

बाँकी ठाउँमा क्रमशः पोल र तार हटाइने उनले बताए ।

उपत्यकाबाहिर पोखरा र भरतपुर महानगरपालिका क्षेत्रमा पनि तार भूमिगतको अधिकांश काम सकिएको छ ।

विद्युत्को पोल प्रयोग गरिरहेका टेलिकम र इन्टरनेट कम्पनीहरूले पनि तार भूमिगत गर्नुपर्छ ।

सरकारले दुई वर्षमा सक्ने गरी ५ फागुन ०७६ मा सुरु भएको भूमिगत तार बिछ्याउने योजना ६ वर्षमा पनि ७५ प्रतिशत मात्रै सकिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *