मंसिर ५ र ६ गते मनकामना केबलकार सेवा बन्द रहने

Thankot Times

थानकोट ।

नेपालकै पहिलो केबलकार सेवा मनकामना केबलकारको सेवा मंसिर ५ र ६ गते स्थगित रहने भएको छ ।

केबलकारको स्तरोन्नति अन्तर्गत थाती रहेका कार्य अघि बढाउन तथा ब्रेक चोपर जडान एवं १ र २ नम्बरको खम्बाहरूको परिमार्जन गर्ने कार्यका लागि केबलकार सेवा मंसिर ५ गते बुधबार र ६ गते बिहीबार बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।

मंसिर ७ गतेबाट केबलकार सेवा नियमित रुपमा सुचारु हुने कम्पनीले जनाएको छ ।

एनालग प्रविधिमा रहेको मनकामना केबलकार स्थापनाको २६ वर्षपछि गत साउन-भदाै महिनामा फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गरिएको थियो । सो क्रममा केबलकारको मुख्य केबुलको लठ्ठासमेत फेरिएको कम्पनीले जनाएको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मंसिर ८ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको थियो ।

मनकामना केबलकार प्रयोग गरि दैनिक हजाराैं स्वदेशी तथा विदेशी नागरिकहरू मनकामना मन्दिर क्षेत्र पुग्ने गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *