जनप्रतिनिधिबाटै कीर्तिपुर नगर उपप्रमुखको सचिवालय तोडफोड (भिडिओ) !
थानकोट ।
कीर्तिपुर नगर उपप्रमुखको सचिवालय तोडफोड भएको छ ।
नगर उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनिता) को सचिवालयको टेबल फुटेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।
शुक्रबार दिउँसो जनप्रतिनिधिकै अगुवाइमा सो टेबल फुटाइएको कीर्तिपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख समेत रहेकी नगरउपप्रमुख शुभलक्ष्मी शाक्यले जनाएकी छन् ।
जनप्रतिनिधिले नगरपालिकाका कर्मचारी (प्रमुख कार्यकारी अधिकृत) लाई भेट्न लामो समयसम्म कुर्न परेको भन्दै आक्रोशित भएका वडाध्यक्षले सो टेबल फुटाएको उपमेयर शाक्यको भनाइ छ।
यद्यपी सो घटनाका बारेमा थप विवरण प्राप्त हुन बाँकी छ ।
तोडफोडमा संलग्न जनप्रतिनिधि माथि स्ष्टीकरण सोधिने उपमेयर शाक्यले जानकारी दिइन् ।
तस्बिरः नजरराम महर्जन