‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन’- मेयर बालेन

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बाहलेले काठमाडौंको फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको बताएका छन् ।

सङ्घीय सरकारदेखि  उपत्यका मेयर्स फोरमसम्मले यस कार्यमा अवरोध सृजना गरेको उनको आरोप छ ।

‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन् । तपाईँहरूले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ‘ आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।

‘हामीले चुनाव पहिले काठमाडाैंको फोहोरसम्बन्धी धेरै कुरा गरेका थियौँ । आफ्ना योजना सुनाएका थियौँ । निर्वाचित भए पछि त्यही अनुसार हामीले धेरै विकल्पहरू हेर्‍यौँ । धेरै देशको व्यवस्थापन हेर्‍यौँ । पुराना, नयाँ प्रविधि हेर्‍यौँ । नेपालका सयौँ मान्छे र कम्पनीसँग भेट्यौँ । हाम्रो टोली इन्डिया, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो । तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको इन्दोर हाम्रा लागि उपयुक्त नमुना बन्न सक्ने देख्यौँ’ उनले भनेका छन् ।

त्यस्को कार्यान्वयनको तिर लाग्दा विभिन्न किसिमका अवरोधहरू सिर्जना गरिदिने काम भएको उनको भनाइ छ ।  । नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा दर्ता गरेको र सो कम्पनीलाई राज्यले संरक्षण गरेको उनको आरोप छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *