१९ वर्षमुनिको महिला क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा भव्य स्वागत
थानकोट ।
आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको नेपाली टोली बिहीबार राति स्वदेश फर्किएको छ ।
एशिया छनोटको अन्तिम खेलमा घरेलु टोली यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले नेट रनरेटका आधारमा सन् २०२५ मा मलेसियामा आयोजना हुने विश्वकपमा स्थान सुरक्षित गरेको छ ।
विश्वकपमा छनोट भएका खेलाडीसहितको टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले स्वागत गरेका छन् । विश्वकपमा पुगेसँगै नेपालले यही डिसेम्बरमा मलेसियामा नै हुने एसीसी १९ वर्षमुनिका महिला टी–२० एशिया कपमा समेत खेल्ने अवसर पाएको छ ।
यसैबीच, क्यानले १९ वर्षमुनिको महिला टोलीका खेलाडीलाई जनही २ लाख ५० हजार रुपैयाँ नगद र टिममा रहेका अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।
विश्वकपमा छनोट भएको यू-१९ महिला क्रिकेट टोलीका सदस्यलाई क्यानले साढे २ लाख रुपैयाँ दिने