काठमाडौं महानगरको फोहोर व्यवस्थापनको टेण्डर प्रक्रिया रोक्न नपर्ने उच्च अदालत पाटनको आदेश

Thankot Times

थानकोट ।

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाले अघि बढाएको फोहोर व्यवस्थापनको टेण्डर रोक्न नपर्ने आदेश गरेको छ ।

उच्चका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र टीकाराम आचार्यको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश जारी गरेको हो ।

फोहोरमैलाको संकलन तथा व्यवस्थापनको संवेदनशीलता भएकाले महानगरपालिकाले सार्वजनिक गरेको बोलपत्रको प्रक्रिया रोक लगाउन नपर्ने भनी आदेश गरेको छ ।

काठमाडौँ उपत्यकाको फोहोरमैला संकलन गरिरहेको नेपवेष्ट प्रा.ली.ले बोलपत्रको प्रक्रिया रोक लगाउनुपर्ने माग राखी कात्तिक १२ गते रिट दायर गरेको थियो ।

निवेदनमा उल्लेख भएका विषय अन्तिममा नै निरूपण हुने भन्दै अदालतले प्रक्रिया रोक्न नपर्ने भनी आदेश गरेको हो । सरकारले परियोजना विकास सम्झौता (पीडीए) गरी काठमाडौँको फोहोर व्यवस्थापनको जिम्मेवारी नेपवेष्टलाई दिएको थियो । महानगरले उक्त सम्झौता विपरीत गएको भन्दै नेपवेष्टले अदालतमा मुद्दा हालेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *