सिस्नेखोलास्थित सुरुङ मार्गनजिकै सडक आजदेखि मंसिर ५ गतेसम्म आंशिक बन्द गरिने

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथको धुनिवेशी क्षेत्र अन्तर्गत सिस्ने खोला क्षेत्रमा एक साताका लागि यातायात सञ्चालन आंशिक बन्द गरिने भएको छ ।

नागढुङ्गा सुरुङमार्गको सिस्ने खोला क्षेत्रमा स्लोप कटिङ कार्य गर्नुपर्ने भएकाले (आज) कात्तिक २९ देखि मंसिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दुईतर्फी सडक आशिंक रूपमा बन्द हुन लागेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

यो अवधिमा हरेक दिन सडकखण्ड २० मिनेट बन्द र २० मिनेट खुला हुने जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी सूचनामा उल्लेख छ ।

एम्बुलेन्स र सुरक्षा निकाय बाहेकका सवारी साधनलाई आशिंक रूपमा रोक लगाइएको हो ।

सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *