यसपटक कीर्तिपुरमा नयाँ इतिहास रच्न सकिने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ
थानकोट ।
मंसिर १६ का लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा आफ्नो पार्टीलाई मत माग्न राजनीतिक दलले चुनावी कार्यक्रम सुरु गरिसकेका छन् ।
नेकपा माओवादी केन्द्रले कीर्तिपुरमा हुने उपनिर्वाचनका लागि लक्षित गरि बुधबार मेयर र वडाका उम्मेदवारहरुको घोषणासभा कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं सो पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् ।
सो क्रममा उनले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा माओवादीबाट उठाएका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनप्रति कसैले प्रश्न उठाउने ठाउँ नभएको दाबी गरे ।
उनले कीर्तिपुरको समस्या समाधानका लागि महर्जन जत्तिको योग्य व्यक्ति कोही नभएको दाबी गरे ।
‘प्रा.डा. शिवशरण महर्जन कीर्तिपुरमा कसैले पनि प्रश्न उठाउने ठाउँ छैन । अन्य दलहरूसँग कुरा गर्दा पनि मुक्त कण्ठले प्रशंसा गरेको सुनेको छु । उहाँको बौद्धिकता र कीर्तिपुरको समस्या समाधानका लागि उहाँ जत्तिको योग्य व्यक्ति अन्य छैन’, उनले भने ।