नागार्जुन नगरका मेयर बस्नेतमाथि अख्तियारको छानबिन

Thankot Times

थानकोट ।

काठमाडाैंको नागार्जुन नगरपालिका मेयर मोहनबहादुर बस्नेतमाथि पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

बस्नेतविरुद्ध आयोगमा २०७६ वैशाख २९, २०७६ साउन ३ ,२०८० पुस १ र २०८१ वैशाख १६ गते छुट्टाछुट्टै उजुरी परेको छ ।

सबै उजुरीमाथि एकसाथ अनुसन्धान भइरहेको हो ।

मेयर बस्नेतमाथि पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको, सरकारी जग्गा मिचेको, गैर कानुनी आर्जन गरेको सम्पत्ति खेलकुदमा प्रयोग गरेको, खानेपानी र सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको लगायतका उजुरी परेका छन् । 

विभिन्न अभियोगबारे अख्तियारको छानबिनमा परेको विषयमा मेयर बस्नेतले स्थानीय निर्वाचनमा भोट माग्नै नगई लोकप्रिय मतसाथ दोस्रो कार्यकालका लागि जितेपछि राजनीतिक प्रतिशोधका आधारमा उजुरी हाल्ने क्रम बढेको बताए, रातोपाटीमा खबर छ ।

कतिपय अभियोगबारे अख्तियारलगायतका निकायले छानबिन गरी टुङ्ग्याइसके पनि उही विषयमा उजुरीहरू परेको मेयर बस्नेतको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *