ललितपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
थानकोट ।
ललितपुरको इमाडोलमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट ललितपुर इमाडोलतर्फ जाँदै गरेको बा.६५ प ३४३३ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोल घर भएका ४७ वर्षीय निश्चल ताम्राकारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।