काठमाडौंमा जुवातास खेलिरहेका आठ जना पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-४, चप्पल कारखानाका ४० वर्षीया दीपा कार्कीसहितका व्यक्तिहरू छन् ।

चप्पल कारखानास्थित गीता जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमबार राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ७९ हजार ४ सय ६५ रुपैयाँ र ८ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *