बागलुङ पिकअप भ्यान दुर्घटना, चालकसहित पाँच जनाको ज्यान गयो

Thankot Times

थानकोट । 

बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । 

मृत्यु हुने सबै पाँचै जनाको पहिचान खुलेको छ ।  

बागलुङको जैमिनी-७ जैदीको व्यार्थला नजिकै ग. २ च ९२४७ ‘पिक अपभ्यान’ सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको थियो । 

मृत्यु हुनेहरुमा जैमिनी नपा-०८ केवई बस्ने  जिप चालक ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँ बस्नेहरु २० वर्षीय रश्मी श्रीष,  ५० वर्षीय नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुल प्रसाद श्रीष रहेका छन् ।

दुर्घटनामा जैमिनी नपा ०८ केवई बस्ने ४५ वर्षीय गंगाबहादुर श्रीष घाइते भएका छन् ।  

भ्यान सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *