चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी स्वदेश फिर्ता
थानकोट ।
इजिप्टको राजधानी कायरोमा आयोजित विश्व शहरी फोरमको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाएर चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी आइतबार स्वदेश फर्किएका छन् ।
कार्तिक १९ देखि २३ सम्म जारी सम्मेलनमा नगरप्रमुख गिरीले चन्द्रागिरि नगरपालिकाले पहिलो पटक तयार पारेको ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन (भिएलआर)’ प्रस्तुत गरेका थिए ।
विश्वका १५० भन्दा बढी देशको सहभागिता रहेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एसियाली देशका शहरबाट (स्थानीय पालिका) चन्द्रागिरि नगरपालिकाले भाग लिने अवसर पाएको थियो ।
दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाे ‘भिएलआर’ प्रतिवेदन तयार गरेको हो ।
सम्मेलनमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह लगायतका विशिष्ट व्यक्तिहरूले समेत सहभागिता जनाएका थिए । उपप्रधानमन्त्री सिंह हिजो शनिबार स्वदेश फर्किएका छन् ।
तस्बिरः प्रवक्ता कृष्णप्रसाद खड्गी, चन्द्रागिरि नगरपालिकाको फेसबुक ।