बलम्वु महालक्ष्मी जात्राका अवसरमा आज बलम्वुमा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै
थानकोट ।
बलम्वु महालक्ष्मी जात्राका अवसरमा आज चन्द्रागिरि नगरपालिका-१२ बलम्वुमा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ ।
स्थानीय बलम्बु लाक्षीमा आयोजना हुने कार्यक्रममा विभिन्न ख्यातिप्राप्त सांगितिक समुह तथा कलाकारहरूका अतिरिक्त स्थानीय कलाकारहरूले समेत प्रस्तुति दिने बताइएको छ ।
नेवाः पुच, बलम्वुको आयोजनामा हुने सो कार्यक्रममा चर्चित सांगितिक समुह माउण्ट ८८४८को समेत प्रस्तुति हेर्न पाइने आयोजकको भनाइछ । कार्यक्रम साँझ ५ बजेबाट सुरु हुनेछ ।
बलम्बु महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचीन र महत्त्वपूर्ण जात्रा हो।
यो जात्रा वर्षभरिका २४ अष्टमीमध्येको मुख्य अष्टमी अर्थात् ‘मुः’ अष्टमीबाट सुरु हुन्छ।
दशमीका दिन (भोलि सोमबार) जात्राको सबैभन्दा महत्त्वपूर्ण दिन हो।