विश्व शारीरिक सुगठनमा नेपाललाई ३ रजत पदक

Thankot Times

थानकोट ।

माल्दिभ्समा भइरहेको १५ औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सीप २०२४ मा नेपालले ३ रजत पदक जितेको छ। ।

नेपालका तीन बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले शुक्रबार रजत पदक जितेका हुन् ।

विश्व बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स फेडरेसन्ससँगको सहकार्यमा बडिबिल्डिङ एसोसिएसन अफ माल्दिभ्सद्वारा अदु सिटीमा आयोजित भएको प्रतियोगितामा रुजेशले ६० केजी, प्रज्वलले ४० वर्ष माथि र रजनीले ५५ केजी माथि दोस्रो स्थान हासिल गर्दै रजत जितेका छन् ।

प्रतियोगितामा नेपालका ६ खेलाडी सहभागी छन् ।

जसमध्ये ललित धिमाल, रजित आचार्य र सनम मुलगुठीले शनिबार प्रतिस्पर्धा गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *