आईसीसी महिला यू-१९ विश्वकपको एसिया छनोटमा नेपालकाे दाेश्राे जित
थानकोट ।
आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई)मा भएको खेलमा नेपालले कुवेतविरुद्ध १०८ रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत १३ ओभरमा २२ रनमै समेटिएको हो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३० रनको योगफल खडा गरेको थियो । नेपालकी पूजा महतोले ३४ रन बनाएकी थिइन् । साना प्रविनले २५ रन थप्दा ज्योत्स्निका मरासिनीले २३ रन जोडिन् । कुवेतकी अयसा पेवेकरले दुई र जिफा जिलानीले एक विकेट लिए ।
यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डविरुद्ध ६७ रनको जित दर्ता गराएको थियो ।