प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीको  स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको ओलीको सचिवालयले जनाएको छ ।

अस्वस्थ भएपछि उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन्


Leave a Reply

Your email address will not be published. Required fields are marked *