काठमाडाैंका फरक-फरक स्थानमा दुई जना मृत भेटिए

Thankot Times

थानकोट ।

काठमाडौंको बसुन्धारा र सुन्दरीजलमा दुई जनाको शव भेटिएको छ ।

टोखा नगरपालिका–५ स्थित बसुन्धारामा ३१ वर्षीय कृष्ण पाण्डे मृत भेटिएका हुन् ।

सुनसरीको धरान घर भएका पाण्डे आफ्नै कोठामा मृत अवस्थामा भेटिएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

त्यस्तै, गोकर्णेश्वर नगरपालिका–२ स्थित सुन्दरीजलमा ४५ वर्षीय सुरेश तामाङ मृत भेटिएका छन् ।

काभ्रे घर भएर सुन्दरीजलमा बस्ने तामाङ डेरामा मृत भेटिएका हुन् ।

प्रहरी वृत्त बौद्धले त्यसबारे अनुसन्धान गरिरहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *