सुनको मूल्यमा सामान्य बढोत्तरी
थानकोट ।
नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन मंगलबार प्रति तोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५ सय रुपैयाँ पुगेको हो ।
यस्तै बुधबार चाँदीको मूल्यमा गिरावट आएको छ ।
हिजो मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघको भनाइ छ ।