काठमाडौं महानगर क्षेत्रका ८ स्थानमा छठ पर्व मनाइँदै

Thankot Times

थानकोट ।

काठमाडौं महानगरका विभिन्न ८ स्थानमा यसवर्ष छठ पर्व मनाइने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका अनुसार गौरी घाट, कोटेश्वर दोभान, कमल पोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला,  कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाइन लागिएको हो । 

मेयर शाहले सबै आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै महानगरले काठमाडौंका ८ स्थानमा छठ व्यवस्थापनका लागि काम गर्दै आएको बताए ।  

महानगरपालिकाले उल्लेखित स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएको उनले बताए । 

यस वर्षको छठको मुख्य दिन भोलि बिहीबार परेको छ। 

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *