त्रिभुवन विश्वविद्यालयमा आज बुधबार शोक बिदा, त्रिविका सम्पूर्ण निकायहरू बन्द रहने

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालयले आज (बुधबार) एक दिनकाा लागि शोक बिदा दिएको छ। 

त्रिविले त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष चैतन्य शर्माको कार्तिक १६ गते भएको निधनमा शोक बिदा दिएको हो।

मंगलबार जारी सूचनाअनुसार आज (बुधबार) एक दिन त्रिवि केन्द्रीय कार्यालय लगायत त्रिविका सम्पूर्ण निकायहरू बन्द हुनेछन्।

त्रिवि कार्यकारी परिषद्को २०७२।१२।०४ गतेको बैठकको निर्णय नं. ४०३ अनुसार त्रिविका पदाधिकारी (पूर्व पदाधिकारी समेत) को निधनमा शोक बिदा दिने निर्णय भए बमोजिम शोक बिदा दिएको त्रिविले जनाएको छ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *