बागमती प्रदेश सभा सदस्य पुकार महर्जनलाई मातृ शाेक

Thankot Times

थानकोट ।
बागमती प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेस काठमाण्डौं-१० का क्षेत्रीय सभापति पुकार महर्जनलाई मातृ शोक परेको छ ।

महर्जनकी आमा न्वहंलक्ष्मी महर्जनकाे मंगलबार राति ८५ वर्षको उमेरमा निधन भएको हो ।

दिवंगत महर्जनको अहिले बिहान ८ बजे पांगास्थित विष्णुदेवी घाटमा अन्तिम संस्कार गरिने नेपाली काँग्रेस काठमाडाैं क्षेत्र नं. १० प्रदेश ख का सभापति धर्मनन्द महर्जनले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *