प्रधानमन्त्री ओलीलाई हनहनती ज्वरो !

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्।

प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार प्रधानमन्त्री ओलीलाई ज्वरो आएकोले रगत परीक्षणका लागि मंगलबार ल्याबमा पठाइएको छ।

‘उहाँ अस्वस्थ भएकोले अत्यावश्यकबाहेक अरू भेटघाट गर्नु भएको छैन,’ उनले भने, ‘केही बेरअघि गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गर्नुभयो।’

उनका अनुसार प्रधानमन्त्री ओली बालुवाटारमा स्वास्थ्य लाभ गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *