आजबाट सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिने

Thankot Times

थानकोट ।

सरकारी कार्यालय खुल्ने समय मंगलबारदेखि एक घण्टा छोटिएने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो ।

गत बिहीबारबाट नै सरकारी कार्यालय समय १ घण्टा छोटिएपनि तिहार बिदा परेका कारण मंगलबारदेखि सरकारी कार्यालयहरु बिहान १० बजे खुलेर अपरान्ह ४ बजे बन्द हुनेछन् ।

शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुनेछन् ।

१६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे कार्यालय खुलेर अपराह्न ५ बजेपछि बन्द हुँदै आएको थियो ।

१४ चैत २०७४ मा राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले यस्तो नियम बनाएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *