बौद्ध नजिकै जुवातास खेलिरहेका २० जना पक्राउ
थानकोट ।
काठमाडौंको बौद्धस्थित रामहिटी रामनगर पार्टी प्यालेस नजिकै जुवा खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले ती २० जनालाई पक्राउ गरेको हो।
उनीहरूबाट ६ लाख ६९ हजार ८१० नगद बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त बौद्धबाट यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।