डिभी चिठ्ठाको आवेदन दिन म्याद थप
थानकोट ।
संयुक्त राज्य अमेरिकाले सन् २०२६ को लागि डाइभर्सिटी भिसा (डिभी) आवेदन भर्ने म्याद थप गरेको छ ।
कात्तिक २० गते आवेदन दिने अन्तिम दिन भएपनि २ दिन थप गरेर कात्तिक २२ गतेसम्मका लागि थप गरिएको हो ।
डिभी भर्दा पछिल्लो ६ महिनामा खिचेको फोटो र परिवारका सबै सदस्यहरू उल्लेख गर्नुपर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।