भाइटीकाको दिन १५ जुवाडे समातिए, नौ लाख रूपैयाँ बरामद

Thankot Times

थानकोट ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहमा जुवा खेलिरहेका १५ जना पक्राउ परेका छन् ।

आइतबार बिहान ती जुवाडेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

प्रहरीले जुवाडेको साथबाट नौ लाख ६८ हजार रूपैयाँ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यलय पकलीबाट खटिएको प्रहरी अधिकृतको टोलीले जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई  इलाका प्रहरी कार्यलय महेन्द्रनगरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *