अपूर्व भीड लाग्न थालेपछि मातातिर्थ चाैरमा जारी व्यापार महोत्सव कार्तिक २२ गतेसम्म लम्ब्याइयो

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-६ मातातिर्थस्थित फुटबल मैदानमा जारी चन्द्रागिरि औद्योगिक सांस्कृतिक पर्यटन, व्यापार महोत्सवको चहलपहल दिनहुँ बढ्दै गएपछि हाैसिएका आयोजकले महोत्वसको अवधि थप गरेका छन् ।

कात्तिक २ गतेदेखि सुरु भएको महोत्सव कार्तिक १५ गतेसम्म जारी रहने भनिएको महोत्सवमा सहभागी हुनेको संख्या दिनहुँ बढ्न थालेपछि महोत्सवको अवधि एक साता थप गरिएको मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए ।

महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुले आफ्नो कलाको बेजोड प्रस्तुति दिँदै आएका छन् ।

महोत्सवमा स्थानीय सिपबाट उत्पादन भएका हस्तकला तथा कृषि औजारको प्रदर्शनीका साथै ग्रामीण प्रविधि सम्बन्धी गतिविधिको प्रदर्शनी, अटोमोबाईल प्रदर्शनी, समेत समावेश गरिएको छ ।

साथै दैनिक उपभोग्य सामानको बिक्री तथा प्रदर्शनी, औद्योगिक उत्पादनको बिक्री एवं प्रदर्शनी, सुचना तथा विज्ञान प्रविधिको बिक्री तथा प्रदर्शनी समावेश गरिएको छ ।

महोत्सवका क्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भैरहेको छ भने, सांस्कृतिक, व्यापार तथा प्रर्यटकीय प्रदर्शनी र लत्ता कपड़ा तथा भाँडाकुँडाको प्रदर्शनी तथा बिक्री स्टलहरुसमेत राखिएको मातातिर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए ।


One thought on “अपूर्व भीड लाग्न थालेपछि मातातिर्थ चाैरमा जारी व्यापार महोत्सव कार्तिक २२ गतेसम्म लम्ब्याइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *