नागढुङ्गाबाट समातिए २८ वर्षीय कुमार

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले मंगलबार बिहन १०ः१० बजे चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुङ्गास्थित चेक प्वाइन्टबाट एक युवालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार काँकडभिट्टा काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१-००६ ख ४७९६ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार भई आएका कुमार थापालाई शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ३० ग्राम फेला पारी बरामद गरी नियन्त्रणमा लिएको हो ।

उनीमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ