मातातिर्थ चाैर जारी व्यापार महोत्सवमा थामिनसक्नु भीड
थानकोट ।
चन्द्रागिरि नगरपालिका-६ मातातिर्थस्थित फुटबल मैदानमा जारी चन्द्रागिरि औद्योगिक सांस्कृतिक पर्यटन, व्यापार महोत्सवको चहलपहल दिनहुँ बढ्दो छ ।
कात्तिक २ गतेदेखि सुरु भएको महोत्सव कार्तिक १५ गतेसम्म जारी रहनेछ ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा सञ्चालन भइरहेको महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुले आफ्नो कलाको बेजोड प्रस्तुति दिँदै आएको छन् ।
महोत्सवमा स्थानीय सिपबाट उत्पादन भएका हस्तकला तथा कृषि औजारको प्रदर्शनीका साथै ग्रामीण प्रविधि सम्बन्धी गतिविधिको प्रदर्शनी, अटोमोबाईल प्रदर्शनी, समेत समावेश गरिएको छ ।
साथै दैनिक उपभोग्य सामानको बिक्री तथा प्रदर्शनी, औद्योगिक उत्पादनको बिक्री एवं प्रदर्शनी, सुचना तथा विज्ञान प्रविधिको बिक्री तथा प्रदर्शनी समावेश गरिएको छ ।
महोत्सवका क्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भैरहेको छ भने, सांस्कृतिक, व्यापार तथा प्रर्यटकीय प्रदर्शनी र लत्ता कपड़ा तथा भाँडाकुँडाको प्रदर्शनी तथा बिक्री स्टलहरुसमेत राखिएको मातातिर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए ।